थप ९७९ किमी सडक कालोपत्रे, ७५७ किमी खण्डास्मित, २१८ पुल बने
रासस
पुष २३, २०७७ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उहाँले सो प्रतिवेदन बुझाउनुभएको हो ।
नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धिसम्बन्धी...