logo
२०८१ फाल्गुन २० मंगलवार



गौतम दिगो विकास समितिमा मनोनीत

राष्ट्रिय |


गौतम दिगो विकास समितिमा मनोनीत


काठमाडौँ, पुस २३ गते । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो ।    
    
 बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६-०७७ पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?