सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा शुरु
रासस
पुष १६, २०७७ बिहीबार
बाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र ९लाइसेन्स०को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । बाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र ९लाइसेन्स०को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरेको हो ।
काठमाडौँ उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति...