ट्याक्सी दुर्घटना हुँदा आठ घाइते
रासस
पुष १४, २०७७ मंगलवार
फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो । दुर्घटनामा फालेलुङ–२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता पौडेल, रवीन अधिकारी र कविता चापागाईं तथा झापाको बिर्तामोडमा रामचन्द्र उप्रेती, उर्लाबारी मोरङका सागरचन्द्र सापकोटा र टगोमादेवी सापकोटा घाइते भएका हुन्...