पोखरा सडक महोत्सवको पूर्वसन्ध्यामा भेट्रान्स टेनिस
रासस
पुष १४, २०७७ मंगलवार
पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधि विकास गुरुङले तथा डबल्सतर्फको उपाधि नवीन जोडीले जितेको छ । पर्यटकीय क्षेत्र लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्नुभयो । डबल्सतर्फ नवीन श्रेष्ठ र नवीन चालिसेको जोडीले विकास गुरुङ र सूर्य भुजेलको जोडीमाथि ३–६, ६–३ र सुपरटाइमा १०–८...