logo
२०८१ फाल्गुन २५ आईतवार



प्रदेश १ मा २२३ सङ्क्रमित निको   

प्रदेश |


प्रदेश १ मा २२३ सङ्क्रमित निको   
सांकेतिक तस्बीर


विराटनगर, पुस २ गते। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२३ सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २४ हजार २४६ पुगेको छ ।    
    
 यसैगरी प्रदेशमा उक्त अवधिमा ४६७ जनाको पिसिआर परीक्षण गर्दा २४ महिला र २३ पुरुष गरी जम्मा ४७ जना कोरोना पोजेटिभ थपिएका छन् ।थप हुनेमा मोरङमा १९ मध्ये विराटनगरमा १५, झापामा १५, सुनसरीमा ११, सङ्खुवासभा र प्रदेश बाहिर एक-एक जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार १८७ पुगेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?