स्थानीय सरकारलाई नदीजन्य पदार्थको ठेक्का लगाउन सकस
रासस
मंसिर २९, २०७७ सोमबार
अर्घाखाँचीका स्थानीय सरकारलाई नदीजन्य पदार्थको ठेक्का लगाउन र राजस्व उठाउन सकस देखिएको छ । जिल्लाका छ वटा स्थानीय सरकाले ढुङ्गा गिट्टी बालुवा अर्थात् नदीजन्य पदार्थको ठेक्का लगाउन तथा सम्झौता गर्न समस्या देखिएको हो ।
नदी, खोला, खोल्सी, खहरे तथा बाढी पहिराले बगाई ल्याइ नदी, खोल्सा र खहरेको किनार तथा आसपासका बन क्षेत्र, सार्वजनिक जग्गा वा नदी उकास क्षेत्र वा निजी जग्गामा थिग्रिएको ढुङ्गा, ग्राभेल, बालुवा गिटी,...