logo
२०८१ फाल्गुन २६ सोमवार



ग्यास चुहावट हुँदा आगलागी, धनमाल जलेर नष्ट

खुला |


ग्यास चुहावट हुँदा आगलागी, धनमाल जलेर नष्ट
सांकेतिक तस्बीर


भक्तपुर, मङ्सिर २९ गते। चाँगुनारायण नगरपालिका–५ पिखेलका प्रदीप कार्कीको तीनतले कच्ची घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको छ । आगलागीबाट रु ११ लाख ८६ हजार ५०० बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?