प्रदेश १ मा ६७ सङक्रमित, ५९ जना निको
रासस
मंसिर २८, २०७७ आईतवार
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा गरिएको ४६० जनाको पिसिआर परीक्षणमा ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १६, झापामा १८, सुनसरीमा पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा दुई-दुई, सङ्खुवासभा र भोजपुरमा एक-एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् । प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या...