अर्को साताबाट काठमाडौँ-दिल्ली उडानका लागि अनुमति दिने तयारी
रासस
मंसिर १६, २०७७ मंगलवार
कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि...