चितवन राष्ट्रिय निकुञ्जमा साउनयता मरे तीन हात्ती
रासस
मंसिर १७, २०७७ बुधबार
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन् । दीपेन्द्र क्षयरोगका कारण मरेको आशङ्का गरिएको छ । विक्रमप्रसाद बामपुड्के रहेको थियो । उसको उमेर पुगेर मरेको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बामपुड्के...