सुगन्धित क्यामोमाइलको उत्पादित तेलले पाएन बजार
रासस
मंसिर १७, २०७७ बुधबार
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाड्नुभएको छ । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उहाँले खेतमा क्यामोमाइल खेती गर्नुभएको छैन । खेतमा उहाँले गहुँ छर्नुभएको छ ।
“क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उहाँले भन्नुभयो, “बिचौलियामार्फत पाइएका व्यापारीले थोरै मूल्यमा...