तनहुँमा ७२ जुवाडे पक्राउ
रासस
मंसिर ७, २०७७ आईतवार
तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी...