बहुमतीय सरकार बनाउने सीमा सकियाे, ओली पुन: प्रम हुने, शपथ भोलि
लक्की चाैधरी
बैशाख ३०, २०७८ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति नै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा वढी दल मिलेर बहुमतका सरकार बनाउने आज राती ९ बजेसम्मको समय घर्केपछि ७६ (३) अनुसार राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।