बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने
रासस / सिन्ह्वा
जेष्ठ ९, २०७८ आईतवार
बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो ।
बङ्गलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत् निर्णय सार्वजनिक गरेको हो । पछिल्लो पत्र अनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य...