चार युरोपेली राष्ट्रका विदेशमन्त्रीले चीन भ्रमण गर्ने
रासस / सिन्ह्वा
जेष्ठ १४, २०७८ शुक्रबार
पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरुले चीन भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लाग्नु भएको हो ।