एमाले एकता प्रयास जारी, भाेलि नै टुङ्गिने संभावना कम, केही दिन लाग्ने
सपना थामी
असार १, २०७८ मंगलवार
सत्तारुढ नेकपा एमालेभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेता बीचमा औपचारिक तथा अनौपचारिक विभिन्न भेटवार्ता एवम् छलफल हुदै आएको छ । असार २ गते अर्थात भाेलिसम्ममा एकता टुङ्गिने भनिए पनि एकताका लागि अझै केही समय लाग्ने सक्ने संकेत नेताहरूले गर्नु भएकाे छ।