logo
२०८१ बैशाख ६ बिहीवार

 एमाले कार्यदल बैठक सम्पन्न 



कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तत्काल निर्माण गर्ने निर्णय

मुख्य समाचार |


कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तत्काल निर्माण गर्ने  निर्णय


सपना थामी 

काठमाडौ, जेठ ४ गते । मंगलबार सिंहदरबारस्थित बसेको सत्तारुढ नेकपा एमाले एकतावद्ध गराउन गठित कार्यदलको बैठक सम्पन्न भएको छ । बैठकले पार्टी एकताबद्धका लागि कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गर्ने निर्णय गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.भीम रावलले जानकारी दिनुभयो ।

यसैगरी, एमाले पार्टीमा देखिएका समस्या समाधानका गरी पार्टी एकताबद्ध बनाउन सम्पूर्ण पार्टी पंक्तिमा सहयोगको अपिल पनि गरेको नेता रावलले बताउनुभयो । पार्टीभित्र मतभेद् र विवाद उत्पन्न हुने खालको गतिविधिबाट अलग रहन पनि कार्यदलको बैठले सम्पूर्ण पार्टी पंक्तिमा आव्हान गरिएको उहाँले बताउनुभयो ।

आजको पहिलो बैठकमा कार्यव्यस्तताका कारण अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेल अनुपस्थित रहनुभयो । बैठक भोलि बुधबार पुनस् बस्नेछ ।

यसैबीच बैठकले पार्टी पंक्तिमा सकारात्मक दिशामा अघि बढ्न अपिल गरिएको परराष्ट्रमन्त्री एवम् एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी गराउनुभएकाे छ । बैठकमा मुख्यतः तीन विषयमा छलफल भएकाे छ । बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरि लागू गर्ने,पार्टीमा देखिएका समस्याहरुलाई यथाेचित रुपमा समाभान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले पार्टीपंक्तिलाई सहयाेग र सद्भावकाे लागि आग्रह गर्ने र पार्टीमा एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयाेग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरिएकाे छ ।

 

 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?