तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छः संयुक्त राष्ट्रसंघ
रासस / एएफपी
भाद्र २८, २०७८ सोमबार
तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् ।
प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू, अघिल्लो प्रशासनका लागि काम गरिरहेका र पत्रकारहरूलाई घरघरमा पुगेर गिरफ्तारी गर्ने र यातना दिने गरिएको घटनाको भर्त्सना...