logo
२०८१ मंसिर ९ आईतवार



इजिप्टका राष्ट्रपतिसँगको भेट फलदायी -इजरायली प्रधानमन्त्री

अन्तर्राष्ट्रिय |


इजिप्टका राष्ट्रपतिसँगको भेट फलदायी -इजरायली प्रधानमन्त्री
तस्विर–टाइम्स अफ इजरायल


जेरुसेलम, भदौ २९ गते।
इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताउनुभएको छ । प्रधानमन्त्री बेनेटले सोमबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गर्नुभएको थियो ।
उहाँहरुबीच इजिप्टको सिनाइमा सो भेटवार्ता भएको थियो । उक्त वार्ता निकै नै उपलब्धीमूलक रहेको र यसबाट दुवै देशका बीचमा असल सम्बन्धको स्थापनाका लागि काम भएको प्रधानमन्त्री बेनेटले जानकारी दिनुभयो ।

प्रधानमन्त्री बेनेटले आफूले इजरायलको प्रधानमन्त्रीका रुपमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेर इजरायल र इजिप्टका बीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने काम गरेको बताउनुभएको इजरायली सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

इजिप्टको भ्रमण सकेर इजरायल फर्किएका प्रधानमन्त्री बेनेटको कार्यालयद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा सो कुरा जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?