logo
२०८१ मंसिर ९ आईतवार



‘मध्य अफ्रिकाका राष्ट्रपति तुवादेरा जीत नजिक पुगेको सत्ताधारी दलको दावी’

अन्तर्राष्ट्रिय |


‘मध्य अफ्रिकाका राष्ट्रपति तुवादेरा जीत नजिक पुगेको सत्ताधारी दलको दावी’
तस्विर-यूएन मिसन


बाङ्गी, मध्य अफ्रीकी गणराज्य, पुस १६ गते।
मध्य अफ्रिकी गणराज्यका राष्ट्रपति फोस्टिन आर्चेंज तुवादेरालाई गत साताको अन्त्यमा सम्पन्न निर्वाचनले जीतको नजिक पु¥याएको उहाँको दलले दावी गरेको छ । विपक्षी दलले मतदान रद्द हुन आह्वान गरेको एक दिन पछि उहाँ जीतको नजिक पुगेको सत्ताधारी दलले बिहीबार जनाएको हो ।
“नतिजाहरूले हाम्रो उम्मेद्वारलाई पुनः निर्वाचित हुने सम्भावनाको नजिक पु¥याएको छ । मध्य अफ्रिकी नागरिकले प्रदान गरेको नविकरणलाई प्रतिबिम्बित गर्दै प्राध्यापक टुआदेराले पहिलो चरणको जीत सुनिश्चित गरेको छ,” उहाँका अभियान निर्देशक सिम्पलिस माथिउ सरन्डजीले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।
विपक्षी समूहको एक शक्तिशाली गठबन्धनले बुधवार हिंसाबाट ग्रस्त देशको मतदानमा नराम्रो असर परेको बताएको थियो । उसले यो निर्वाचन परिणाम रद्दगरी पुनः निष्पक्ष र स्वभाविक प्रतिस्पर्धा गर्नुपर्ने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?