अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धविराम घोषणा
रासस / एएफपी
श्रावण १४, २०७७ बुधबार
लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको छ ।