logo
२०८१ असोज १२ शनिवार



अमेरिकामा एकैदिन एक हजार ५९२ को मृत्यु

अन्तर्राष्ट्रिय |


अमेरिकामा एकैदिन एक हजार ५९२ को मृत्यु


वासिङटन, साउन १४ गते।
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको। कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।
गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आबद्ध विश्वविद्यालयले जानकारी दिएको छ ।
अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने एक लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ ।

कोरोना भाइरसको कारण विश्वभरिमा एक करोड ६९ लाख एक हजार ४०७ जना सङ्क्रमित भएका छन् । गत वर्षको डिसेम्बर महिनाबाट चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा छ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?