कोरियामा कोरोना सामूहिक सङ्क्रमण, फेरि त्रास, क्लब र बार बन्द
रासस / एएफपी
बैशाख २८, २०७७ आईतवार
कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस सङ्क्रमणको दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई अपिल गर्नु भएको छ ।सियोललाई घेरेको गियोङ्गी प्रान्तले पनि ५ हजार ७०० भन्दा बढी मनोरंजन केन्द्रहरु आइतबारदेखि लागू हुनेगरी दुई साताका लागि बन्द गरेको छ ।