विश्वभर एक लाख ९७ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मृतकको संख्या ५२ हजार नाघ्यो
शनिबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा १ हजार ९५९ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५२ हजार २१७ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ को प्रकोपका कारण खाद्यान्न आपूर्तिलाई प्रभावित पार्नसक्छ- विश्व बैंक
कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभरी बन्दाबन्दी घोषणा वा सङ्क्रमणको त्रासमा व्यवसायिक गतिविधिमा अवरोध आएपनि खाद्यान्नको मूल्य भने स्थिर रहने विश्व बैंकले बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित
ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षरपछि बोल्दै राष्ट्रपति ट्रम्पले आप्रवासनमा गरिएको अहिलेको प्रतिबन्धले अमेरिकी नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट
सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका कारण मागमा कमी आएपछि मूल्यमा पनि व्यापक गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् ।
दक्षिण कोरियाद्वारा सामाजिक जमघटमा लगाइएको प्रतिबन्ध हटाइने
विगत २४ घण्टामा मात्र आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको कोरियाली स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराएको विवरणमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा किसानका लागि राहत घोषणा
“आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,” ट्रम्पले भन्नुभयो ।
नाइजेरियामा बन्दाबन्दीको पालना गराउने क्रममा झडप, १८ व्यक्तिको मृत्यु
कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बिहीबार बताएको छ ।
दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत प्राप्त
विगत १२ वर्षमा संसदमा यसपटक मात्र कुनै दललाई पूर्ण बहुमत प्राप्त भएको हो । करिब ६६ प्रतिशत मतदान भएको यस पटकको चुनावमा जनसहभागिता दृष्टिले सन् १९९२ यताकै यो सबैभन्दा बढी हो ।
कोरोना अपडेटः विश्वभर संक्रमित २० लाख ८४ हजार , मृतक १ लाख ३४ हजार
दक्षिण एशियाका दुई राष्ट्र भारत र पाकिस्तानमा गरी कोरोना संक्रमितको संख्या १९ हजार पुगेको छ।
डेनमार्कमा विद्यालयहरु खुल्न थाले
तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरुमात्र खुलेका छन् ।