कोरोना भाइरसबाट विश्वमा करिब चार लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी सङ्क्रमित
रासस / एएफपी
जेष्ठ २४, २०७७ शनिबार
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ९८ हजार २६० पुगेको छ भने, सङ्क्रमितको सङ्ख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन्। । हाल विश्वभरिमा कोरोना भाइरस सङ्क्रमित ३१ लाख दुइ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५३ हजार ६१८ जनाको अवस्था...