logo
२०८१ असोज ६ आईतवार



कोरोना अपडेटः विश्वभर संक्रमित २० लाख ८४ हजार , मृतक १ लाख ३४ हजार

अन्तर्राष्ट्रिय |


कोरोना अपडेटः विश्वभर संक्रमित २० लाख ८४ हजार , मृतक १ लाख ३४ हजार


जेनेभा
वैशाख ४ गते । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको छ ।
अमेरिकामा ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४८२ जनाको मृत्यु भएको थियो । अमेरिकापछि इटाली र स्पेनमा सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको हो । इटालीमा २१ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६५ हजार नाघेको छ । स्पेनमा भने १८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार १६७ जना र बेलायतमा १२ हजार ८६८ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ४४० जना, जर्मनीमा ३ हजार ८०४ जना, नेदरल्यान्ड्समा ३ हजार १३४ जना, स्वीट्जरल्यान्डमा एक हजार २३९ जना, स्वीडेनमा एक हजार २०३ जना र आयरल्यान्डमा ४४४ जनाको मृत्यु भएको छ । संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।
परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरू अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।

कोरोना संक्रमणको पछिल्लो विवरण

क्र.सं. देश कूल संक्रमित निको भएका कूल मृत्यु
दक्षिण एसिया
१. भारत १२,४५६ १,५१३ ४२२
२. पाकिस्तान ६,५०५ १,६४५ १२४
३. बंगलादेश १,२३१ ४२ ४९
४. अफगानिस्तान ७८४ ४३ २५
५. श्रीलंका २३८ ६३ ७
६. माल्दिभ्स २३ १६ –
७. नेपाल १६ १ –
८. भूटान ५ २ –

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?