काबुलमा बम बिस्फोट पाँच व्यक्तिको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प
पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।
अमेरिकी र जापानीसहित कोरोनाका कारण ७२२ जनाको मृत्यु
चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ ।
कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त - ट्रम्प
चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताउनुभएको छ ।
सिरियाको इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु
रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।
बेलायत पेट्रोलियमको खुद नाफा ४ अर्ब डलरले घट्यो
सन् २०१८ मा कम्पनीको नाफा ९ अर्ब ३८ करोड अमेरिकी डलर थियो ।
बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या
अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ ।
कोरोनाको खोप बनाउन एक करोड ४४ लाख डलर दिने अलिबाबा समूहको घोषणा
अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनिया युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
अफगानिस्तानमा रहेको अमेरिकी सैन्यका प्रवक्ता विलियम लिगेटले सो विमान तालिबानले खसालेको भन्नेमा आफूलाई विश्वास नरहेको बताउनुभयो ।
न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव
न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।