logo
२०८१ असोज ४ शुक्रवार



कोरोनाको खोप बनाउन एक करोड ४४ लाख डलर दिने अलिबाबा समूहको घोषणा

अन्तर्राष्ट्रिय |


कोरोनाको खोप बनाउन एक करोड ४४ लाख डलर दिने अलिबाबा समूहको घोषणा


हाङझाउ
हाङझाउ, माघ १६ गते । – अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका संस्थापक ज्याक मा ले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताउनुभयो । उहाँले आफ्नो फाउन्डेसनले भाइरस विरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताउनुभयो । अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनिया युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?