कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा, युद्ध अपराध मुद्दाको सामना गर्ने
रासस / एपी
कार्तिक २१, २०७७ शुक्रबार
कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबार पदबाट राजीनामा दिनु भएको छ ।
सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमाथि हेग अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराध र मानवता विरोधी अपराधसँग सम्बन्धित मुद्दा लागेको छ ।