अमेरिकी चुनावमा धाँधली नभएको अन्तर्राष्ट्रिय पर्यवेक्षकको ठहर
रासस / एपी
कार्तिक २५, २०७७ मंगलवार
अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस)का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।
यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए ।