श्रीलङ्काका राष्ट्रपतिद्वारा विपक्षी दलहरूलाई सरकारमा सहभागी हुन आह्वान
रासस / एएनआई
चैत्र २१, २०७८ सोमबार
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन र राष्ट्रिय सङ्कटको समाधान खोज्न एकजुट भएर काम गर्न आमन्त्रण गर्नुभएको छ ।
आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान सङ्कट धेरै आर्थिक र विश्वव्यापी चिन्ताको परिणाम भएको र देशको लोकतान्त्रिक प्रक्रियाभित्रैबाट समाधान खोज्नुपर्ने बताउनु भएको छ ।