logo
२०८१ बैशाख ४ मंगलवार



आकस्मिक अवतरणपछि कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

अन्तर्राष्ट्रिय |


आकस्मिक अवतरणपछि कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द


कोलम्बियो, चैत १७ गते । कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजारभन्दा बढी यात्रु प्रभावित भएको र १३६ वटा उडान रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन् ।

लाटम एयरलाइन्स एयरबस ए ३२०–२०० को अगाडिको ल्यान्डिङ गियर मङ्गलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो शहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता गर्न बाध्य पारेको थियो । आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको बताइएको छ ।

फाजार्डोले जनाएअनुसार रियोनेग्रो जाने उडानहरू १२ घण्टाभन्दा बढी समयका लागि रद्द गरिएको थियो जसले गर्दा अन्य एयरपोर्टहरूमा विशेष गरी बोगोटाको एल डोराडो अन्तर्राष्ट्रिय विमानस्थलमा ढिलाइ र रद्द गरिएको थियो ।

‘अहिले विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा छ भने ‘रद्द भएका १३६ उडान र यसबाट प्रभावित २१ हजार २ सय ४५ यात्रुको यात्रा सञ्चालनको क्रममा छ । फजार्दोका अनुसार आपतकालीन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?