कामु सचिवको भरमा मानव अधिकार आयोग
सूर्यप्रसाद पाण्डे
फाल्गुन ५, २०७८ बिहीबार
राष्ट्रिय मानव अधिकार आयोग नौ महिनादेखि कायममुकायम (कामु) सचिवका भरमा चलिरहेको छ । पछिल्लो समय आयोगमा सहसचिव मुरारी खरेल गत जेठ १६ देखि कामु सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।
आयोगमा हाल छ जना सहसचिव कार्यरत हुनुहुन्छ । पछिल्लो समय आयोगमा कायम मुकायम सचिवको जिम्मेवारीमा रहनुभएका मुरारी खरेल, डा. टीकाराम पोखरेल, यज्ञ अधिकारी र दीपकजङ्गध्वज कार्की सचिवका सम्भावित उम्मेदवार हुनुहन्छ । उहाँहरू सबै चार वर्षअघि एकै दिन...