प्रदेश सरकारका पदाधिकारीहरूले बुझाएनन् सम्पत्ति विवरण
सविता शर्मा
बैशाख २५, २०७८ शनिबार
प्रदेश सरकारका मन्त्रालयमा कार्यरत पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । सातवटै प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सम्पत्ति विवरण पेस नगरेका हुन् ।