पुराना बस्तीको समस्या प्राथमिकतामा
सविता शर्मा
बैशाख ११, २०७८ शनिबार
काठमाडौँ उपत्यकामा परम्परागत बस्तीको समस्या समाधान गरेर मात्र भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषयलाई सम्बोधन गरिने भएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अन्य जिल्लामा भन्दा अलि बढी समय लाग्ने स्थिति देखिएको छ ।