महाधिवेशनबाट आउने नेतृत्वका चुनौती
गोरखापत्र अनलाइन
कार्तिक २९, २०७८ सोमबार
नेपाली काँग्रेस यतिबेला ज्यादै सकसका साथ १४औँ महाधिवेशनमा होमिएको छ । सकस यस अर्थमा कि, महाधिवेशनको तयारी थालिएको दुई वर्ष बितिसकेको छ । दुई वर्षदेखि आरम्भ भएको महाधिवेशनको काम अझै सम्पन्न हुन नसक्नुको मुख्य कारण कोभिड–१९ को महामारी मात्रै होइन, पार्टीको आन्तरिक विवाद व्यवस्थापनमा देखिएको समस्या पनि मुख्य कारण हो । नेपाली काँग्रेस स्थापनाकालदखि नै गुट तथा उपगुट मुक्त हुन नसकेको पार्टी हो । गुट र उपगुटको राजनीतिलाई...