समयचक्रअनुसार भवचक्र
गोरखापत्र अनलाइन
कार्तिक १४, २०७७ शुक्रबार
जे गर्छु भन्यो, त्यो गर्न नपर्ने हुन सक्छ, जे गर्दिनँ भन्यो त्यो गर्नुपर्ने हुन सक्छ । यो समयले गर्ने कुरा हो । आफ्नो हातमा समय छैन, हामी समयको हातमा भएकाले समयले के गर्छ, त्यो पनि थाहा छैन । त्यसो भएर समयअनुसार हामीले कार्यान्वयन गर्नुपर्ने (चल्नुपर्ने) हुन्छ । यो समयचक्रले खेलेको भवचक्र हो । यही भवचक्रले प्राणीको जन्म मृत्यु लिएर आउँछ, अरूको जन्म मृत्यु लिएर आउने समयको जन्ममृत्यु छैन । यो समयको न सिङ छ, न पुच्छर नै ।...