बजेटको प्राथमिकता सङ्क्रमण नियन्त्रण
गोरखापत्र अनलाइन
बैशाख ३०, २०७८ बिहीबार
संविधानमा व्यवस्था भएअनुसार आर्थिक वर्ष २०७८/०७९ को बजेट जेठ १५ गते जारी हुनेछ । हाम्रो अभ्यासलाई हेर्दा बजेट प्रस्तुत गर्नुपूर्व प्रिबजेट पेस गर्नुपर्छ । यसैगरी, राष्ट्रपतिले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । यसैगरी, असार १ गते सातवटा प्रदेश सरकारको बजेट जारी हुनेछ । यस अतिरिक्त, असार १० गतेभित्र ७५३ वटा स्थानीय सरकारको नीति र कार्यक्रम तथा बजेट जारी हुनुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार,...