हुलाक सेवालाई जिम्मेवारी
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७७ शुक्रबार
हुलाक सेवालाई विश्वको इतिहासमा सञ्चारको भरपर्दो माध्यमका रूपमा परिभाषित गरिँदै आएको छ । प्रविधि विकास नभएको अवस्थामा हुलाक सेवाले पारिवारिक, राजनीतिकलगायत हरेक सूचना आदान–प्रदान गर्दै आएको विगत छ ।
सन् १६६० मा संयुक्त अधिराज्य (बेलायत)का तत्कालीन राजा चाल्र्स द्वितीयले जनरल पोस्ट अफिस स्थापना गरेपछि हुलाक सेवा सुरु भएको मानिन्छ । नेपालमा पनि हुलाक सेवाको इतिहास लामो छ । विक्रम संवत् १९३५ मा तत्कालीन राणा प्रधानमन्त्री...