कोभिड–१९ महामारीबीच प्रतिजैविक सहनशीलता
गोरखापत्र अनलाइन
भाद्र ४, २०७८ शुक्रबार
सामाजिक एवं स्वास्थ्य सेवा क्षेत्रमा एन्टिबायोटिकले अद्वितीय भूमिका निर्वाह गरेको छ । एन्टिबायोटिकले लाखौँ मानिसको ज्यान बचाएको छ । बर्षौंदेखि एन्टिबायोटिकको प्रयोग रोगको उपचार एवं रोकथामका लागि प्रयोग हुँदै आएको छ । सन् १९५० देखि १९७० सम्मलाई नवीन एन्टिबायोटिक पत्ता लगाउने स्वर्णिमकाल मानिन्छ ।