डा. केदार कार्की
कोरोना भाइरस अर्थात् कोरोना निमोनिया भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमण भएको लक्षण सजिलै पत्ता लाग्ने भएकाले आत्तिई हाल्नुपर्ने अवस्था छैन । कोरोना भाइरसको सङ्क्रमण भएका व्यक्तिमा सिँगान बग्ने कुराको ठीक उल्टो सुख्खा नाक हुने र सुख्खा खोकी लाग्ने हुन्छ । चीनको सेन्जेन हस्पिटलका निर्देशक जेन्सिङ्गका अनुसार कोरोना भाइरस तापक्रम प्रतिरोधी छैन र २७ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सहन सक्दैन र मर्छ । त्यसकारण प्रशस्त मात्रामा तातोपानी खानका लागि उहाँले सुझाव दिनुभएको छ । जति बढी आफ्नो शरीरको तापक्रम औसतमा कायम राख्ने प्रयत्न गरियो त्यति यसको सङ्क्रमणबाट जोगिन सकिन्छ । फ्रिजको चिसो पानी पिउनु र चिसो मौसम भएको स्थानतिर हिँडडुल गर्नुले कोरोना भाइरस सङ्क्रमणको सम्भावना हुन्छ । जब भाइरस सङ्क्रमण भएको क्षेत्रमा तापमान बढ्छ यो भाइरस हराउँछ ।
कोरोना भाइरसका नयाँ प्रकारहरूले महामारीलाई लम्बेतान बनाइरहँदा मानिसहरूले प्रश्न गर्न थालेका छन् । कोभिड विरुद्धको खोप लगाएकालाई पनि सङ्क्रमण भइरहेको छ भने हामीले किन लगाउनु ? तर सङ्क्रामक रोग विशेषज्ञहरू भन्छन्, ‘खोप लगाएको केही महिनासम्म रोग प्रतिरोधात्मक क्षमता केही खस्किएजस्तो भए पनि त्यसपछिका दिनहरूमा खोपले प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएको हुन्छ । हामीहरू नयाँ प्रकारहरूबाट सुरक्षित हुन्छौँ, उनीहरूको तर्क छ,– अस्पतालमा भर्ना हुनुपर्ने र मृत्यु हुनेजस्ता जोखिमहरू आउँदैनन् ।
यद्यपि प्रश्न निकै पेचिलो छ, नेपालमा फैलिएको भनिएको भारतीय ‘डबल म्युटेशन’ भेरियन्टविरुद्ध कोरोना खोपले काम
गर्छ ? युनिभर्सिटी अफ क्यालिफर्निया, सान फ्रान्सिस्कोकी सार्वजनिक स्वास्थ्य विज्ञ मोनिका गान्धीका अनुसार खोपले उत्पादन गर्ने इम्युनिटीले हालसम्म विश्वमा थाहा हुन आएका सबै प्रकारका कोभिड ‘भेरियन्ट’ विरुद्ध काम गर्न सक्छ । खोपका क्लिनिकल ट्रायलहरू र खोप लगाएपछि देखिएको सङ्क्रमणको ‘ट्रेण्ड’ हेर्दा खोपले सङ्क्रमणलाई रोक्न सक्ने र सङ्क्रमण भएमा अस्पताल भर्ना हुनुपर्ने जोखिमहरू निकै घटाएको देखिन्छ । खोप लगाएकाहरूको मृत्युदर नलगाएकाहरूको भन्दा निकै कम हुने अध्ययनले देखाएका छन् ।
यस्ता छन् प्रमाण :
खोप विकास गरेको कम्पनी फाइजरले पछिल्लो पटक ४४ हजार जना मानिसहरूलाई एउटा अध्ययनमा संलग्न गराएको थियो । कोरोनाको युके भेरियन्ट भनेर चिनिएकासँग जुधिरहेका दक्षिण अफ्रिकाका सङ्क्रमितहरूलाई समेत अध्ययनमा सामेल गरिएको थियो । अध्ययनको निष्कर्ष थियो, गम्भीर रोग तथा मृत्यु हुन नदिन खोप सय प्रतिशत प्रभावकारी छ । ‘रियल वल्र्ड’ तथ्याङ्कले पनि युके भेरियन्ट विरुद्ध लगाइएका भ्याक्सिनहरू प्रभावकारी रहेको देखाएका छन् । कोरोनाको लक्षण देखापर्नबाट, अस्पतालमा भर्ना र मृत्यु हुनबाट रोक्न यो खोप ९७ प्रतिशत प्रभावकारी रहेको देखिएको छ । फाइजरमात्रै होइन, नेपाल र भारतमा लगाइएका एस्ट्राजेनेकाका कोभिसिल्ड र कोभ्याक्सिनहरूले नयाँ भेरियन्ट विरुद्ध आफ्नो प्रभावकारिता देखाइरहेका छन् । तीबाहेक मोडर्ना, जोनसोन एण्ड जोनसोन खोपहरू पनि नयाँ भेरियन्टलाई रोक्न सक्ने बताइएको छ ।
यस्ता अध्ययनबाहेक अधिकांश जनतालाई खोप लगाइसकेका देशहरूका अस्पतालबाट आएका तथ्याङ्क हेर्ने हो भने खोपको प्रभावकारिताबारे अझै प्रष्ट हुन्छ । युके र इजरायलमा हेर्ने हो भने कोरोना सङ्क्रमण दर र अस्पताल भर्ना हुने दर ज्यामितीय रूपमा घटिरहेको छ, भलै नयाँ भेरियन्टहरू त्यहाँ अझै विद्यमान छन् । होे, कोभिडबाट हुने गम्भीर रोग र मृत्युबाट बचाउन कोराना खोप अहिले अस्त्र बनेर आएको छ । भारतमा देखिएको कोरोना भाइरस भेरियन्टबारे अहिले विश्वका वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । तर, अहिले कोरोना भाइरसको यो नयाँ प्रकार कति परसम्म फैलिएको छ भन्ने थाहा भइसकेको छैन । भारतमा उत्पात मच्चाइरहेको सङ्क्रमणको लहरको कारण ‘डबल म्युटेसन’ भएको भनिएको कोरोनाको नयाँ प्रकार नै हो त भन्नेमा धेरै अध्ययन भइरहेका छन् ।
के हो भारतीय भेरियन्ट ?
भाइरसहरू जतिबेला पनि आफैँ म्युटेसन (जीनमा उत्परिवर्तन) हुन सक्छन् । यस्ता धेरै म्युटेसन त्यति महŒवका हुँदैनन्, केही म्युटेसनले त भाइरसलाई झनै कमजोर बनाइरहेका पनि हुन्छन् । तर, केही म्युटेसनहरू भने निकै सङ्क्रामक हुन्छन् । खोपले पनि यी भाइरसविरुद्ध काम नगर्न सक्छन् । आधिकारिक रूपमा बी.१.६१७ भनेर चिनिएको भारतीय भेरियन्ट भनेर चिनिएको नयाँ म्युटेसन भारतमा गएको अक्टोबरमा पहिलोपटक देखिएको थियो ।
कति फैलिसकेको छ भन्ने बारेमा थाहा भइसकेको छैन किनभने भारतमा नमुना परीक्षण निकै सुस्त भइरहेको छ । भारतको महाराष्ट्र प्रान्तमा जनवरी र मार्च महिना बीचमा सङ्कलन गरिएका ३६१ वटा नमुनामा २२० वटामा नयाँ भेरियन्ट पत्ता लागेको थियो । जीआइएसएआईडी ग्लोबल डाटावेसका अनुसार हालसम्म विश्वका २१ देशमा यो भेरियन्ट देखिएको छ । क्लिनिकल ट्रायलका आधारमा वैज्ञानिकहरूले यो भेरियन्ट विरुद्ध खोपले काम गर्छ या गर्दैन भनेर ठोकुवा गरिहाल्न सकेका छैनन् । भाइरोलोजिस्ट डा. जेरेमी कामिलका अनुसार दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका भेरियन्टहरूसँग भारतीय भेरियन्ट मिल्दोजुल्दो छ । र, कोरोना विरुद्ध लड्नसक्ने एण्टिबडी– चाहे त्यो अघिल्लो पटकको सङ्क्रमणबाट निर्माण भएको होस् या खोपबाट नै निर्माण भएको किन नहोस्, लाई यो म्युटेसनले छल्न सक्छ । ‘युके भेरियन्टभन्दा भारतीय भेरियन्ट बढी सङ्क्रामक छ भन्नेमा मलाई शङ्का छ तर हामी आत्तिनु हुँदैन,’ डा. कामिलले बीबीसीसँग भन्नुभएको छ । तर, खोप निर्माण र यसले गर्ने कामको सिद्धान्तमा आधारित रहेर धेरै वैज्ञानिकले खोपले अहिलेका जुनसुकै नयाँ भेरियन्टविरुद्ध काम गर्ने बताइरहेका छन् । वैज्ञानिकहरूले भारतीय भेरियन्टको सङ्क्रमणबाट आउन सक्ने गम्भीर जटिलताहरू रोक्नका लागि खोप निकै प्रभावकारी हुने बताएका छन् । यद्यपि, केही भेरियन्टले अहिलेका खोपहरूलाई अपरिहार्य जित्नेछन् भनेर प्राध्यापक गुप्ता र उहाँका सहकर्मीहरूद्वारा नेचरमा प्रकाशित एउटा शोधपत्रमा दावी गरिएको छ । परिणामतः खोपको स्वरूप पनि भाइरस अनुसार परिवर्तन गर्नुपर्ने हुनसक्छ । त्यै पनि, अहिले प्राप्त खोपहरूले भाइरसले निम्त्याउने रोगको जोखिम कम गर्न सक्छन् भन्नेमा विशेषज्ञहरूबीच मतभेद छैन । सङ्क्रमण भइहालेमा पनि अहिलेका खोपहरूले मृत्यु हुनबाट जोगाउने अथवा अस्पताल भर्ना हुनबाट बचाउने डाक्टर कामिलको तर्क छ । उहाँले बीबीसीसँग भन्नुभएको छ, ‘कृपया तपाईंले जुन खोप पाउनुहुन्छ त्यही लगाइहाल्नुहोस् । कुनै अर्काे खोपको पर्खाइमा नबस्नुहोस् ।’
(लेखक सेवा निवृत्त वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ)