राजनीति र प्रशासनको सम्बन्ध
गोरखापत्र अनलाइन
आश्विन १४, २०७७ बुधबार
कुनै पनि देशको शासकीय संस्कृति र संस्कार कुनै एउटा वर्ष वा महिनामा विकसित भएको हुँदैन । शासकीय संस्कृति र संस्कारलाई प्रभाव पार्ने प्रमुख तŒव हो– त्यहाँको सामाजिक, आर्थिक र राजनीतिक अवस्था । नेपालको शासन व्यवस्था जमिनदारी शैलीमा शिलान्यास भएको थियो । यसलाई हुर्काउने, बढाउने र फैलाउने काम सामन्तवादी राजनीतिक, सामाजिक र आर्थिक आवरणले गरेको हो । १०४ वर्षे राणाकालीन समयको कर्मचारीतन्त्र पूर्ण निरङ्कुश शैलीमा सञ्चालन...