औद्योगिक विकास समृद्धिको आधार
गोरखापत्र अनलाइन
चैत्र २४, २०७७ मंगलवार
विकासका प्राथमिकता निर्धारण गर्दै, उपलब्ध स्रोत र साधनलाई विज्ञहरूको सल्लाह र सुझावअनुसार इमानदारीसाथ राष्ट्रियतालाई शिरमा राखी देश विकासमा हरेक नेपालीले आ–आफ्नो ठाउँबाट निरन्तर योगदान दिने हो भने समृद्धि प्राप्त गर्न सकिन्छ । बेरोजगारी समस्या नेपालको अर्थतन्त्रले विगतदेखि वर्तमानसम्म भोग्दै आएको आर्थिक समस्या हो । नेपाललाई समृद्ध बनाउनका लागि बेरोजगारी समस्यालाई दीर्घकालीन रूपमा नै समाधान गरिनुपर्छ ।...