संस्कारविहीन राजनीतिक प्रवृत्ति
गोरखापत्र अनलाइन
आश्विन १, २०७८ शुक्रबार
उठ, जाग, लक्ष्य प्राप्त नभएसम्म नसुत’ भनेर कठोपनिषदले भनेको कुरा महाभारतको उद्योग पर्वले पनि उठ्नुपर्छ, जाग्नुपर्छ र कल्याणमय कार्यमा लागिरहनुपर्छ भनेर सिकाएको छ । गीताले त कर्मबिना शरीर निर्वाह नै हुन सक्दैन भनेको छ । यसले के देखाएको छ भने मानिसको शरीरको निर्वाहका लागि कर्म नगरी नहुने रहेछ । सबको हितका लागि मानिसले परिश्रमपूर्वक कर्म गर्नुपर्ने गीताको सार रहेको छ । प्रशस्तीको आश गर्नेले यो समाजमा केही गर्न सक्दैन...