राजनीतिभित्र कुण्ठित जनआस्था
गोरखापत्र अनलाइन
मंसिर १२, २०७८ आइतवार
“साथी, मैले त प्रजातन्त्रको नयाँ परिभाषा बनाएँ नि– नेताले नेताद्वारा नेताकै लागि ।” “होइन, के भन्छ यो ! तैँले बनाउँदैमा यस्तो पनि प्रजातन्त्रको परिभाषा बन्छ र ?” “किन नबन्नु ? मैले यो आफ्नै मनले बनाएको हो र ! तीन दशकदेखिको यो देशको राजनीतिक परिवेशको अध्ययन गरेर, त्यसबाट सिर्जित सामाजिक अवस्था भोगेर गरेको अनुसन्धानबाट निकालिएको निष्कर्ष पो हो त यो ।” “लौ ! यो त पढ्दापढ्दै खुस्किएछ.....!” “हेर, म खुस्किएको छैन । मैले निकालेको...