बहसमा खुसी पाठ्यक्रम
गोरखापत्र अनलाइन
भाद्र २८, २०७७ आईतवार
हरेक बालबालिका फरक परिवेश र परिस्थितिसँगै हुर्किएका हुन्छन् । फरक क्षमता, सम्भावना र अवसरसँगै बच्चाले आफूलाई समायोजित गर्ने प्रयत्न गरेको हुन्छ । प्रत्येक बच्चा विशेष हुन्छ, आफ्नै गुण र क्षमतायुक्त । तिनको जिन्दगीका बहुआयामिक पक्षहरूसँंगै मानवता, अनुशासन, शान्ति, प्रेम, सहिष्णुता, समन्वय, सहकार्य, सामूहिकताजस्ता संस्कारित गुणहरू समेटिएको पाठ्यक्रम नै खुसी पाठ्यक्रम हो, जसले विषयगत ज्ञान, सीपसँगै सिकारुमा व्यवहार...