स्वनिर्भरताको बाटो
गोरखापत्र अनलाइन
पुष ८, २०७८ बिहीबार
अहिले आर्थिक तथा सामाजिक जीवनलाई प्रविधिले गाँजेको छ । यसले मानव जीवनमा सहजता र जटिलता दुवै थपेको छ । आवतजावत तथा ओसारप्रसार शीघ्र र सजिलो भएको छ । हिसाब किताब छिटोछरितो बनाएको छ, असङ्ख्य तथ्याङ्क (बिग डाटा) एकैचोटि प्रशोधन गर्न सकिन्छ । मुठीको भाँडो खोल्दा पढ्ने सामग्री पर्याप्त पाउन सकिन्छ । यसले स्वास्थ्य सेवालाई बढी भरपर्दो बनाएको छ, टेली मेडिसिनको अभ्यास सुरु भएको छ, स्वास्थ्य क्षेत्रमा भएको विद्युतीय प्रविधिले...