सङ्घीयतामा योजना तर्जुमा
गोरखापत्र अनलाइन
चैत्र २३, २०७७ सोमबार
यतिखेर सबै तहका सरकारहरू आगामी आर्थिक वर्षको बजेटको तयारी र योजना छनोटको प्रक्रियामा जुटिरहेका छन् । यसका लागि निश्चित कर्मचारीहरूको समूह र प्रभावशाली राजनीतिक पदाधिकारीहरू लागिरहेको अनुमान गर्न सकिन्छ । तर जसका लागि भनेर योजना बन्दैछन् तिनीहरू यो प्रक्रियाबारे कति जानकार छन् र सहभागी छन्, छैनन् भन्नेबारे कमै चर्चा भएको पाइन्छ । अर्थविद् विश्व पौडेलले ‘‘हामी बेकारका योजना बनाउँछौँ, पुराना कुराबाट शिक्षा लिँदैनौँ...