संसद्बाटै एमसीसी छिनोफानो
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
धेरै आशङ्का र विवादलाई चिर्दै अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी सहायता परियोजनाको अनुदान प्राप्त गर्नेसम्बन्धी एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा टेबुल गरेको छ । धेरै लामो विवादपछि सरकार सम्झौता टेबुल गर्ने अवस्थामा पुग्नु नै पनि सरकारको ठूलो उपलब्धि मान्न सकिन्छ । दुई पटक संसद् विघटन गरेको भनेर लाञ्छित नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट ढलेपछि बनेको...